सुदूरपश्चिमका ५ जिल्लामा क्रिकेट संघको नयाँ नेतृत्व
बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका ५ जिल्लामा क्रिकेट संघको अधिवेशन सम्पन्न भएको छ। हालै भएको अधिवेशनबाट पाँचवटै जिल्लामा नयाँ नेतृत्व चयन भएको छ।
अधिवेशनबाट बैतडीमा विनोदबहादुर चन्द, बझाङमा पविन्द्रबहादुर धामी, डडेल्धुरामा हरिप्रसाद उप्रेती, कञ्चनपुरमा वीरेन्द्रबहादुर चन्द र अछाममा अनिल कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार अधिवेशन भएका सबै जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो।
नयाँ कार्यसमितिको कार्यकाल आगामी ४ वर्षका लागि हुने जनाइएको छ। नेपाल क्रिकेट संघ क्यानमा आबद्ध यस प्रदेशका कैलाली, डोटी र दार्चुलामा अर्को वर्ष अधिवेशन हुनेछ।
नेपाल क्रिकेट संघमा देशभरिबाट ३५ जिल्ला आबद्ध रहेको २० जिल्लाको म्याद सकिएकाले नयाँ नेतृत्व चयन गरेको भने बाँकी १५ जिल्लामा अर्को वर्ष अधिवेशन हुने जनाइएको छ।