दीपकराज गिरीको व्यङ्ग्य: भ्रष्टाचार र महंगी देखेर होला जनसंख्या बढ्न डराएको

२०७८ माघ १२ गते, बुधबार

काठमाडौं । सरकारले आज २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ ।

सार्वजनिक प्रारम्भिक नतिजा अनुसार मुलुकको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । बोलीचालीको भाषामा भने राजनीतिक दल र आम सर्वसाधारणले वर्षौँदेखि बोलीचालीमा ३ करोड जनसङ्ख्या बताउँदै आएका छन् ।

जनसङ्ख्याको यो प्रारम्भिक नतिजालाई लिएर सर्वसाधारणले सामाजिक सञ्जालमा विभिन्न थरिका पोष्ट गरिरहेका छन् । समसामयिक परिस्थितिमा आफ्नो धारणा राख्ने अभिनेता दीपकराज गिरीले नेपालको नयाँ जनसङ्ख्यालाई लिएर एक व्यङ्ग्यपूर्ण पोष्ट गरेका छन् ।

दीपकले जनसङ्ख्याको प्रारम्भिक नतिजालाई भ्रष्टाचार महँगी, गरिबी, हत्याहिंसासँग जोडेर व्यङ्ग्यपूर्ण टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘१० वर्ष भो ३ करोड जनसङ्ख्या भनेको छ । आज पनि २ करोड ९१ लाख मात्रै रहेछ । देशमा भ्रष्टाचार महँगी, गरिबी, हत्याहिंसा बढेको देखेर होला जनसङ्ख्या पनि बढ्न डराएछ गाँठे ।’

75 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal