सुख्खा पहिरो जाँदा एक जनाको मृत्यु
२०७८ माघ १२ गते, बुधबार
रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका गोङगाङमा आज बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन् ।
पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाइएको प्रहरीले जनाएको छ ।
उनीहरू दुवै जना सडकमा ग्याविन वाल लगाउने काम गरिरहेका बताईएको छ ।
घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ । मौसम खराब भएका कारण हेलिकप्टर आउन सकेको छैन ।
62 Views