सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको मतदान कार्य सकियो
![](https://samriddi.com/wp-content/uploads/2022/01/निर्वाचन.jpg)
कैलाली । सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनको मतदान कार्य सकिएको छ । बुधबार सुदूरपश्चिममा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि मतदान भएको हो ।धनगढीस्थित प्रदेशसभाको परिसरमा बिहान ९ बजेदेखि शुरू भएको मतदान सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले प्रेदेशसभा तर्फ कुल ५२ मध्ये पूरै र स्थानीय तहतर्फ पनि १ सय ७५ मत खसेको जानकारी दिनु भयो ।
उहाँका अनुसार अहिले मुचुल्का उठाउने काम भइरहेको छ भने मतगणना पनि आजै शुरू गर्ने तयारी रहेको छ । मतगणना पनि प्रेदेशसभा परिसर भित्रै हुने सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिनु भएको हो ।
तीन जना राष्ट्रियसभा सदस्यका लागि सत्तारूढ गठबन्धन र नेकपा एमाले चुनावी प्रतिस्पर्धामा रहेका छन् । गठबन्धनका तर्फबाट खुल्लामा काँग्रेसका नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र एकीकृत समाजवादीकी मदनकुमारी शाह गरिमा उम्मेदवार छन् भने एमालेबाट खुल्लामा डिल्लीराज भट्ट, दलितमा नरेश बिक र महिलामा सन्तोशकुमारी शर्मा थापा उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले बताउनु भएको छ ।