नेपालको जनसंख्या: मधेशमा सबैभन्दा धेरै, कर्णालीमा कम
२०७८ माघ १२ गते, बुधबार
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार मधेश प्रदेशमा सबैभन्दा बढी र कर्णाली प्रदेशमा सबैभन्दा कम जनसंख्या रहेको छ।
मधेशमा ६१ लाख २६ हजार २८८ र कर्णालीमा प्रदेशमा १६ लाख ९४ हजार ८८९ रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। यो २०६८ सालको जनसंख्या भन्दा १०।१८ प्रतिशत अर्थात् २६ लाख ९७ हजार ९७६ बढी हो।
49 Views