प्रधानमन्त्री देउवा फेरि भीरको बाटो हिँड्न खोजेको ज्ञवालीको आरोप

२०७८ माघ १२ गते, बुधबार

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २०५९ मै अक्षम घोषित प्रधानमन्त्री शेरबहादुर देउवा फेरि त्यही भीरको बाटो हिँड्न खोजेको आरोप लगाएका छन्।

पाँच दलीय सत्ता गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन तत्काल नगर्न छाँट देखेपछि उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन्।

उनले ट्वीटमा लेखेका छन्, ‘भनिन्छ, इतिहास दुई पल्ट दोहोरिन्छ। पहिले दुखान्त पछि प्रहसनका रूपमा। २०५९ मा प्रतिनिधिसभाको चुनाव गर्न नसकेर ‘अक्षम’ घोषित र स्थानीय चुनाव नगराएर म्याद पनि नथपेर ‘जनसरकार’का लागि बाटो खोलिदिने प्रम देउवा २० वर्षपछि त्यही भीरको बाटो हिँड्दै हुनुहुन्छ। नियति दुखान्त होला कि विद्रूप?’

46 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal