भाटा लिएर मतदान स्थल पुगेका सिके राउतका कार्यकर्ता र प्रहरीबिच झडप

२०७८ माघ १२ गते, बुधबार

जनकपुरधाम । जनकरपुर धाममा प्रहरी र सिके राउतको जनमत पार्टीका कार्यकर्ताबिच झडप भएको छ। मधेश प्रदेशको राष्ट्रिय सभा निर्वाचनको लागि मतदान स्थल तोकिएको महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान, जनकपुरधाम भित्र कार्यकर्ता छिर्न खोज्दा झडप भएको हो ।

कार्यकर्ताहरु हातमा भाटा बोकेर मतदान स्थल पुगेका थिए। झडप भएको क्षेत्र प्रहरी कार्यालय नजिक रहेको छ। प्रहरीले अहिले भिडलाई तितर बितर पारेको छ। झडपपछि मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा देशभर मतदान सुरु भएको छ । प्रदेशगतरूपमा भइरहेको निर्वाचनमार्फत १९ जना निर्वाचित हुनेछन् । मधेस र वागमतीमा २र२, प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट ३र३ जना निर्वाचित हुँदैछन् ।

निर्वाचन आयोगले विहान ९ देखि ३ बजेसम्म मतदान समय निर्धारण गरेबमोजिम सबै प्रदेशमा समयमै मतदान सुरु भएको छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् । मुलुकभरबाट ५३२ प्रदेशसभा सदस्य तथा स्थानीयत प्रमुख र उपप्रमुखहरुले मतदान गर्नेछन् ।

50 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal