चुनावदेखि माधव नेपाल कतीसम्म तर्सिएका रहेछन् यसरी खुल्यो पोल
काठमाण्डौँ । सत्तारुढ दल नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल चुनाव बाट कति सम्म तर्सिएका रहेछन् भन्ने खुलासा उनी आफैँले गरेका छन् । चुनाव गराउँनका लागी सत्तागठबन्धनलाई कुनै हतारोे नभएको अभिव्यक्ति नेपालले दिएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले चुनाव नचाहेकै कारण देउवालाई समेत प्रभावमा पारेर चुनाव नगराउँने षड्यन्त्र गरेको भन्दै आरोप लागीरहँदा माधव कुमार नेपालले उक्त आरोपलाई बल पुग्ने खालको अभिव्यक्ति दिएका छन् ।
नेपालले स्थानिय तहको निर्वाचन अर्को बर्षको चैत सम्म गर्न सकिने बताएका छन् । संविधान बमोजिमनै अर्को बर्षको चैत सम्म स्थानिय तहको निर्वाचन गर्न सकिने जिकिर गर्दैै नेपालले एमाले जति कराए पनि त्यसको केहि अर्थ नरहने बताएका छन् ।
नेपालले स्थानीय तहको निर्वाचन गराउने हतारो सत्ता गठबन्धनको सरकारलाई नभएको बताएका छन् । अर्को वर्षको चैत महिनासम्म गर्न सकिने उनले बताए । रामेछापमा आज आयोजना भएको पार्टीको कार्यक्रममा उनले अर्को वर्षको चैतसम्ममा निर्वाचन गराउने संवैधानिक र कानूनी सुविधा सत्ता गठबन्धनलाई रहेको दाबीसमेत गरे ।
‘०७९ चैतसम्म स्थानीय तहको चुनाव गराउन सकिन संवैधानिक र कानूनी सुविधा छ । यद्यपि, मंसिरभित्र तीनै तहको चुनाव गराउने छलफल सत्ता गठबन्धनमा भइरहेको छ’, उनले भने ।
संविधानमा गाउँसभा र नगरसभाको चुनाव सम्पन्न भएको ५ वर्ष पुगेको ६ महिनाभित्र अर्को चुनाव गराउने व्यवस्था रहेको नेता नेपालले स्पष्ट पारे । उनले भने, ‘यसर्थ, एमालेको वितण्डाको कुनै अर्थ छैन ।