वैशाखमा निर्वाचन नगरे कांग्रेस ‘जिरो’ हुन्छ: गगन थापा

२०७८ माघ ११ गते, मंगलवार

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगरेको खण्डमा कांग्रेसलाई ठूलो धक्का लाग्ने जनाएका छन् । उनले स्थानीय चुनाव सार्ने कुरा आफूहरूलाई अमान्य हुने समेत बताएका छन् ।

गगन थापाले सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत देखाएको भन्दै यसले संविधानमा समेत प्रत्यक्ष असर पार्ने बताएका छन् । महामन्त्री थापाले संविधानले परिकल्पना नगरेको कुरा कांग्रेसलाई मान्य नहुने बताएका छन्।

थापाले स्थानीय तहको बारेमा संविधानमा स्पष्ट व्याख्या गरिएको भन्दै स्थानीय तहको रिक्तता हुने कुरा कल्पना समेत गर्न नसकिने बताएका छन् । आजको दिनमा कानुनमा कुनै छिद्र देखाएर यसबाट निर्वाचन गर्ने भनेको पार्टी र राष्ट्रलाई लाई ठुलो धक्का पुग्नु भएको उनको भनाई छ ।

महामन्त्री थापाले कुनैपनि बहानामा निर्वाचन सार्ने काम बहेको खण्डमा नेपाली कांग्रेसलाई ठुलो क्षति पुर्याउनु भएको बताएका छन् । उनले कानुनको कुनै छिद्र देखाएर वैशाखको निर्वाचन सार्ने कोसिस गरिए कांग्रेस जिरो हुने बताए ।

हामीले आफ्ना तात्कालिक स्वार्थका लागि कानुनको कुनै छिद्र देखाएर निर्वाचन सार्ने हो भने दीर्घकालमा ठूलो क्षति हुने भन्दै उनले क्षणिक लाभका लागि निर्वाचन सार्ने कुरा दीर्घकालका लागि अत्यन्त हानिकारक हुने बताए । महामन्त्री थापाका अनुसार काँग्रेसले यो बेलामा संविधानको मर्म अनुसार स्थानीय चुनाव तत्काल गरिहाल्नु पर्ने बताए ।

​थापाले सत्तारुढ गठबन्धनमा वैशाखको स्थानीय तहको चुनाव सार्ने कुरा बाहिर सुनिरहेको भन्दै संविधान र कानुनले देखाएको बाटोभन्दा फरक निर्णय किन गर्ने भन्ने नेतृत्वले औचित्य पुष्टि गर्नुपर्ने बताए । महामन्त्री थापाले पार्टी नेतृत्वले संविधान र कानुनभन्दा फरक गएर गरेको निर्णय गरेर औचित्य पुष्टि गर्न खोजेपनि आफूलाई मान्य नहुने बताए ।

69 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal