‘नेपाल भ्रष्टाचार हुने ११७औं मुलुक’
काठमाडौं । नेपाल भ्रष्टाचार निवारण गफमा मात्र सीमित भएको छ । गत वर्षभन्दा यस वर्ष पनि भ्रष्टाचारको अवस्थामा नेपाल सुध्रिएको छैन ।
नेपाल भ्रष्टाचार हुने मुलुकको ११७औं स्थानमा छ । गत वर्ष पनि सोही स्थानमा नेपाल थियो । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार भ्रष्टाचार हुने १८० देशमध्ये नेपाल ११७औं स्थानमा परेको हो ।
अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिने ट्रान्सपरेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रूपमा लिन सकिन्छ ।’
रिपोर्टअनुसार, डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्ड कूल १०० मा ८८ अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा छन् भने साउथ सुडान ११ अंक मात्र पाई सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दरिएको छ।
टीआईले सन् १९९५ देखि हरेक वर्ष भ्रष्टाचार हुने मुलुकको सूची सार्वजनिक गरिरहेको छ। नेपाललाई भने सन् २००४ देखि यस्तो सूचीमा राख्ने गरिएको हो ।