पाँच दललाई एमाले महासचिव पोखरेलको कडा चुनौती
काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनलाई कडा चुनौती दिनुभएको छ । स्थानीय तहको निर्वाचन पर धकेलेर जनप्रतिनिधिबिहीन बनाउने षडयन्त्रको कडा प्रतिवाद गर्दै महासचिव पोखरेलले जनता आफ्नो पक्षमा छैनन भन्ने कुरा सिधासिधा भन्न चुनौती दिनुभएको हो ।
‘स्थानीय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको चुनाव एकैचोटी गर्ने रे १ सोझै भनौ न,अहिले जनता गठवन्धनका पक्षमा छैनन,’ महासचिव पोखरेलले भन्नुभएको छ ।
देउवाकै नेतृत्वमा गत २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । अहिले सत्ता गठबन्धन चुनाव नगराउने योजनाका साथ बिभिन्न बाहाना बनाइरहेको छ ।
एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीसँग जित्न नसक्ने भएकाले सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनमा जान डराइरहेको बताएका छन् ।
‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “एमाले सबै खाले निर्वाचनका लागि तम्तयार छ ।
तर एमालेलाई जित्न सकिँदैन भन्ने मनोविज्ञानका कारण सत्ता गठबन्धन स्थानीय निर्वाचन गर्न डराइरहेको छ ।
नेपाली कांग्रेस पनि एमालेविरुद्ध एक्लै लड्न चाहिरहेको छैन । कुनै पनि दलले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न सक्दैनन् । पाँचै दल मिले पनि एमालेलाई जित्न सक्दैनन् ।”