गौरको वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित होइन: भौतिकमन्त्री यादव

२०७८ माघ १० गते, सोमबार

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफ्नो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको स्पष्ट पारेकी छन् ।

मन्त्री यादवले आज एक विज्ञप्ति जारी गर्दै नागरिकमा भ्रम पर्न गएकामा दुःख व्यक्त गरेकी छन् । यसलाई सामान्य रूपमा लिन अनुरोध गर्दै उनले आफू आगामी दिनमा यसप्रति सचेत रहने बताएकी छन्।

‘‘हाम्रो पार्टीको भातृसंगठन ‘समाजवादी युवा सङ्घ’ ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । त्यस सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दुराशयपूर्ण मानसिकताबाट नभई मुठभेड नगर्न वा हुन नदिन, कुनै पनि हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि प्रक्रियाबाटै राजनीतिक गतिरोध गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्धारा कुसैकसैले पुर्वाग्रहपुर्ण ढङ्गले आ–आफ्नो तरिकाले अपव्याख्या गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले आफ्नो अभिव्यक्ति व्यक्तिगत रूपमा कसैप्रति लक्षित नभएको पनि विज्ञप्ति मार्फत स्पष्ट पारेकी छिन् । उनले यस विषयलाई सामान्य रूपमा लिन र आगामी दिनमा यसप्रति सचेत रहने पनि प्रतिबद्धता गरेकी छिन् ।

मन्तव्यलाई लिएर केही भ्रम फैलिएको भन्दै त्यसप्रति दुःख व्यक्त गरेर उनले आफ्नो भनाइ कसैप्रति हिं’साको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको बताएकी छन्। वक्तव्यलाई अतिरञ्जित नगर्न पनि उनले विज्ञप्तिमार्फत अनुरोध गरेकी छन्।

जनमत पार्टीका अध्यक्ष सिके राउतविरुद्ध लक्षित भाषण गर्दै मन्त्री यादवले गौर ह’त्याका’ण्ड दोहोरिन सक्ने धम्की दिएकी थिइन्। राउतका कार्यकर्ताले आफूलाई अवरोध गर्न खोजेपछि मन्त्री यादवले आक्रोशपूर्ण भाषण गर्दै राउतलाई ध’म्की दिएकी थिइन्।

78 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal