तनहुँमा दाउरा खोज्न गएका वृद्धको करेण्ट लागेर ज्यान गयो

२०७८ माघ १० गते, सोमबार

तनहुँ । तनहुँमा वनमा दाउरा खोज्न गएका एक वृद्धको करेण्ट लागेर ज्यान गएको छ ।

तनहुँको ऋषिङ गाउँपालिका-८ अजम्बरी सल्लाघारी जङ्गलमा स्थानीय ७२ वर्षीय दलबहादुर रानाको करेण्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दाउरा खोज्न आज बिहान वनमा जाने क्रममा बिजुलीको लाइनमा छुन पुग्दा उहाँको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

71 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal