ललिता निवास प्रकरणका दोषीलाई उन्मुक्ति दिने खतरनाक प्रपञ्चमा देउवा सरकार

२०७८ माघ १० गते, सोमबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनका नेताहरु ललिता निवासको जग्गा हिनामिनामा संलग्नहरुलाई चोख्याउने योजनाका साथ अभियान अघि बढाएको पाइएको छ । सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइवी० ले लामो अनुसन्धानपछि दायर गरेको मुद्धा फिर्ता पठाएपछि ललिता निवासको सार्वजनिक जग्गा हडप्ने दोषीहरुलाई चोख्याउने अभियानमा सरकार लागेको तथ्य उजागर भएको हो ।

महान्यायाधिबक्ताको कार्यालयले केही समयअघि सिआइवीलाई मुद्धा फिर्ता पठाएको हो । यो बिषयमा ललिता निवासको जग्गा छानविन गराउनु भएका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा आपत्ति जनाउनु भएको छ । अध्यक्ष ओलीले बक्तब्यमै यो बिषय उठाएर सरकार सार्वजनिक सम्पत्ति हिनामिना गर्नेहरुलाई चोख्याउनका लागि खतरनाक प्रचण्ड रच्न थालेको बताउनु भएको हो ।

‘ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिनासँग सम्बन्धित विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई वर्षभन्दा बढी समय लगाएर गरेको अनुसन्धान र त्यसमाथि आधारित भएर अगाडि बढाइएको मुद्दालाई ‘थप अनुसन्धान’का नाममा सरकारी वकिल कार्यालयमार्फत फिर्ता गराएर सरकारी सम्पत्ति हिनामिनामा संलग्नहरुलाई उन्मुक्ति दिने खतरनाक प्रपञ्च गरिएको छ । यति गम्भीर विषयमा गरिएको षड्यन्त्रबाट ध्यान विकेन्द्रित गर्न कतिपय मन्त्रीहरूलाई विभिन्न ‘स्टन्टबाजी’मा परिचालन गरिएको छ र विपक्षी दलका नेताहरुलाई बदनाम गर्ने सुनियोजित षड्यन्त्र भइरहेको छ । आफैँ अनियमिततामा संलग्न हुने अनि बेथितिबाट ध्यान अन्यत्र मोड्नका लागि सस्तो प्रचारबाजीमा उत्रिने गैरजिम्मेवार काम भइरहेको छ,’ अध्यक्ष ओलीले भन्नुभएको छ ।

यस्तो छ ओलीको भनाई

ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिनासँग सम्बन्धित विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई वर्षभन्दा बढी समय लगाएर गरेको अनुसन्धान र त्यसमाथि आधारित भएर अगाडि बढाइएको मुद्दालाई ‘थप अनुसन्धान’का नाममा सरकारी वकिल कार्यालयमार्फत फिर्ता गराएर सरकारी सम्पत्ति हिनामिनामा संलग्नहरुलाई उन्मुक्ति दिने खतरनाक प्रपञ्च गरिएको छ । यति गम्भीर विषयमा गरिएको षड्यन्त्रबाट ध्यान विकेन्द्रित गर्न कतिपय मन्त्रीहरूलाई विभिन्न ‘स्टन्टबाजी’मा परिचालन गरिएको छ र विपक्षी दलका नेताहरुलाई बदनाम गर्ने सुनियोजित षड्यन्त्र भइरहेको छ । आफैँ अनियमिततामा संलग्न हुने अनि बेथितिबाट ध्यान अन्यत्र मोड्नका लागि सस्तो प्रचारबाजीमा उत्रिने गैरजिम्मेवार काम भइरहेको छ । कसैद्वारा पनि अनियमितता भएका छन् भने त्यस्ता विषयमा निष्पक्ष छानबिन हुनुपर्छ र दोषी ठहरिएमा प्रक्रियासम्मत रुपमा कानुनी कारवाहीको दायरामा ल्याउनुपर्छ । तर, राजनीतिक इबी साध्न र शुभलाभका लागि ‘ब्ल्याकमेल’ गर्ने, उद्यमी–व्यवसायीहरूलाई तर्साउने, बार्गेनिङ गर्ने र मुख्य मुद्दाहरुलाई ओझेलमा पार्ने कुरा स्वीकार्य हुन सक्दैन ।

72 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal