तेस्रो खेलमा पनि भारत पराजित, दक्षिण अफ्रिकाद्वारा सिरिज ‘क्लिन स्विप’

२०७८ माघ १० गते, सोमबार

काठमाडौं । घरेलु टोली दक्षिण अफ्रिकाले भारतसँगको तीन एकदिवसीय खेलको सिरिजमा क्लिनस्विप गरेको छ। दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम खेलमा भारतलाई चार रनले हराउँदै सिरिज क्लिनस्विप गरेको हो ।

२ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९.२ ओभरमा अलआउट हुँदै २ सय ८३ रनमा समेटियो।

उसका लागि विराट कोहलीले सर्वाधिक ६५ रन बनाए। त्यसअघि ओपनर शिखर धवनले ६१ रन बनाएका थिए।

तल्लोक्रमका तीव्र गतिका बलर दीपक चाहरले ३४ बलमा ५ चौका र २ छक्कासहित ५४ रन जोड्दै भारतलाई जित नजिक पुर्‍याएका थिए। अन्तिम १८ बलमा भारतलाई जितको लागि १० रन आवश्यक थियो। तर लुन्गी एनगिडीको ४८ औं ओभरको पहिलो बलमा चाहरलाई आउट गरे। जित्न ९ रन आवस्यक हुँदा चाहरलाई एनगिडीले क्याच आउट गरेका थिए।

जित्न अन्तिम दुई ओभरमा ८ रन आवस्यक रह्यो। ४९ औं ओभरको तेस्रो बलमा १२ रन बनाएका जस्प्रित बुम्राहलाई फेलुक्वायो क्याच आउट पारे। ओभरमा मात्र २ रन बन्यो। त्यसपछि अन्तिम ओभरमा जित्न भारतलाई एक विकेट बाँकी रहँदा ६ रन आवस्यक रह्यो। अन्तिम ओभरको दोस्रो बलमा प्रिटोरियसले युज्भेन्द्र चाहललाई क्याच आउट पार्दै खेल जिताए।

सूर्यकुमार यादव ३९, श्रेयस अय्यर २६ र जसप्रित बुमराह १२ रनमा आउट भए । ऋषभ पन्त ९००, केएल राहुल ९९० र जयन्त यादव ९२० ले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।

दक्षिण अफ्रिका एन्डिले फेहलुक्वायो र लुन्गी एनगिडीले समान ३-३ विकेट लिए। ड्वेन प्रेटिरियसले २ तथा सिसान्डा मगला र केशव महाराजले १–१ विकेट लिए।

त्यसअघि केपटाउनमा टस हारेर पहिले ब्याटिङ थालेको घरेलु टोली दक्षिण अफ्रिका ४९.५ ओभरमा अलआउट हुँदै २ सय ८७ रन बनाउन सक्यो।

दक्षिण अफ्रिकाका लागि क्विन्टन डि ककले सतकीय पारी खेले। उनले १ सय ३० बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक १ सय २४ रनको शतकीय योगदान दिए ।

यस्तै रास्सी भान डर डुसेनले ५९ बलमा ४ चौका र १ छक्कासहित ५२ रन बनाएका थिए। चौथो विकेटका लागि डि कक र डुसेनले १ सय ४४ रनको शतकीय साझेदारी गर्दै बलियो योगफलसम्म पुर्‍याएका थिए ।

ओपनर जानेमान मलानले १ रन बनाएर आउट हुँदा कप्तान टेम्बा बभुमा ८ रनमा आउट भएका थिए। डेविड मिलरले ३८ रन बनाएका थिए। ड्वेन प्रिटोरियस २० र एडन माक्रम १५ रनमा आउट भएका थिए।

भारतका प्रसिद्ध कृष्णाले सर्वाधिक ३ विकेट लिए। दीपक चाहर र जस्प्रित बुमराहले समान २–२ विकेट लिए। युजभेन्द्र चहलको नाममा १ विकेट रह्यो ।

यसअघि दक्षिण अफ्रिका पहिलो खेलमा ३१ रन र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो। भारतसँगको तीन टेस्ट सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले २-१ ले जितेको थियो।

78 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal