वर्षमान पुन आज स्वदेश फर्कँदै

२०७८ माघ १० गते, सोमबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्कँदै हुनुहुन्छ ।

आज अपरान्ह उहाँ चार्टर विमानमार्फत् नेपाल आउन लाग्नु भएको हो ।

वर्षमानको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गरिएको थियो ।

वंशाणुगत जण्डिसका बिरामी पुनको ललितपुरको सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक जानु भएको थियो ।

बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदा समेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा उहाँलाई चीन लगिएको थियो ।

हाल उहाँको शरीरमा बिलुरुबिन (जण्डिस) को मात्रा नियन्त्रित अवस्थामा रहेको बताइएको छ ।

71 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal