प्रचण्ड-माधवलाई ओलीको चुनौति: गत वर्षको सडक अराजकताप्रति जनतासँग माफी माग

२०७८ माघ ९ गते, आईतवार

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनअघि संसदको निर्वाचन गर्ने भनेर सत्ता पक्षबाट फालिएको कार्ड चुनाव नगर्ने गलत नियत भन्दै आफू जहिले निर्वाचन भए पनि सामना गर्न तयार रहेको प्रष्ट पारेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस विज्ञप्ति जारी गर्दैआफूले ताजा जनादेशको माग गर्दा प्रतिगमन भन्नेहरुले कुन मुखले अर्ली इलेक्सनको कुरा गर्दैछन् भन्ने प्रश्न उठाएका छन् । गठबन्धनका नेता प्रचण्ड र माधव नेपालले एमालेले संसद चल्न नदिएको भन्दै बैशाखमै संसदीय चुनाव गर्ने प्रस्ताव राखेकोमा उनले यस्तो प्रश्न गरेका हुन् ।

ओलीले भनेका छन्-गत वर्ष हामीले ताजा जनादेशको माग गर्दा हामीमाथि अनेकौं प्रहार गरिए । जनताको बीचमा जानुलाई ‘प्रतिगमन’ र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई ‘अग्रगमन’ भन्ने भाष्य निर्माण गरियो । प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष नै हुनुपर्छ भन्ने तर्क गर्दै यसको पुनस्स्थापनालाई ‘संविधानको जीत’का रुपमा व्याख्या गर्ने नेताहरु आज कुन नैतिकता, कुन तर्क र कुन आधारमा ‘अर्ली इलेक्सन’ को कुरा गर्दैछन् रु यसो गर्नुअघि उनीहरुले गत वर्ष सडक आन्दोलनका नाममा प्रदर्शन गरेको अराजकताका लागि जनतासँग क्षमायाचना गर्नु पर्दैन रु

ओलीले स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न लागिपरेका गठबन्धनका नेताहरूले प्रतिनिधिसभाको निर्वाचन २०७९ बैशाखमा गर्ने ‘कार्ड’ असल मनशायले होइन नफालेको बताएका छन् ।

वक्तव्यमा भनिएको छ-स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने र मुलुकमा राजनीतिक अन्यौल सिर्जना गर्ने गलत नियतका साथ अगाडि सारिएको हो भन्नेमा नेकपा (एमाले) स्पष्ट छ । हाम्रो पार्टी गत बर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको हो र आज पनि हामी यो मान्यतामा अडिग छौं । जुनसुकै बेलामा निर्वाचन भए पनि हामी सामना गर्न तयार छौं ।

60 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal