महोत्तरीमा मोटरसाइकल वर्कशपमा आगलगी हुँदा ३५ लाख बराबरको क्षति

२०७८ माघ ९ गते, आईतवार

.महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका– १ सोनमा बजारमा रहेको एक मोटरसाइकल रिपियरिङ सेन्टरमा गएराति आगलगी हुँदा ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय अनुरुद्र साहले सञ्चालन गरेको जयबाबा विश्वकर्मा मोटरसाइकल सेन्टरमा गएराति अचानक आगलगी हुँदा घर, मोटरसाइकल, मोटरसाइकलको टायर, ट्युब, ट्र्याक्टरका टायर, ट्युब, मोबिल र विभिन्न पार्टपुर्जासहित त्यहाँ रहेका सबै सामान जलेर क्षति भएको हो ।

गौशाला नगरपालिकाको दमकलसहितको सहयोगमा प्रहरी चौकी रघुनाथपुर, इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोली, स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा लिएका थिए । आगलागीबाट मानवीय तथा पशुजन्य क्षति नभएको प्रहरीले जनाएको छ ।

76 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal