आज दिउँसो १ बजे ओलीले विशेष पत्रकार सम्मेलन गर्दै

२०७८ माघ ९ गते, आईतवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन्। आज दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलनको आयोजना गरेको पार्टी कार्यालय सचिव डाक्टर भीष्मराज अधिकारीले जानकारी दिए।

पत्रकार सम्मेलनमा सरकारले घोषणा गर्न आलटाल गरिरहेको स्थानीय तहको निर्वाचन, शुक्रबार प्रधनमन्त्री शेरबहादुर देउवाले सम्बोधनमा आफ्नो सरकारले गरेका विकास निर्माणका कामहरुको वास्तविकता र समग्र राजनीतिक परिस्थितीका बारेमा एमालेको धारणा सावर्जनिक गर्ने तयारी अधिकारीको भनाइ छ।

पत्रकार सम्मेलन रोकिएमा ओलीले विज्ञप्ति जारी गर्ने बुझिएको छ । उनले स्थानीय चुनाव घोषणा गर्न सरकारले ढिलाई गरेको, पहिले प्रतिनिधि सभा चुनाव घोषणा गर्ने या तीन तहको चुनाव एकसाथ गर्ने विषयमा सरकारमा रहेका दलहरुबीच छलफल चलिरहेको विषयमा पनि बोल्ने बुझिएको छ ।

ओलीले राष्ट्रियता, कोरोना भाइरसको जोखिम, पछिल्लो समय उठेका जग्गा लिजका विवादास्पद विषयबारे पनि बोल्ने बुझिएको छ । ओलीको बोलीलाई अहिले चासोका साथ प्रतिक्षा गरिएको छ ।

78 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal