राष्ट्रियसभा निर्वाचनको मिति नजिकिँदै गर्दा गठबन्धनका उम्मेद्वार कपिलवस्तुमा

२०७८ माघ ९ गते, आईतवार

कपिलवस्तु । राष्ट्रियसभा निर्वाचनको मिति नजिकिँदै गर्दा लुम्बिनी प्रदेशमा उम्मेदवारहरुले मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । माघ १२ गते हुन थालेको निर्वाचनका लागि उम्मेदवारहरु प्रदेशका विभिन्न जिल्ला–जिल्लामा पुगेर मतदातासँग भेटघाट गर्दै भोट मागिरहेका छन् । सोही क्रममा पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले कपिलवस्तुको बाणगंगामा आएर मतदातासँग भेटघाट गरेका छन् । बाणगंगामा रहेको पिस हिमालय रिर्सोटमा पाँच दलिय गठबन्धनका नेता तथा प्रतिनिधीहरु विच चुनावि छलफल भएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजावदी, राष्ट्रिय जनमोर्चा र जसपा पार्टीका तर्फबाट लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाका लागि उम्मेदवारहरु बनेका युवराज शर्मा, राजेन्द्रलक्ष्मी गैरे र तुलप्रसाद विश्वकर्माले मतदातासँग भेटघाट गरेर आगामी निर्वाचनमा आफूहरुलाई जिताउन आग्रह गरेका छन् । राष्ट्रियसभा निर्वाचन प्रसार–प्रसार समितिको आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले संविधान र प्राप्त उपलब्धिको रक्षा गर्दै देशको विकासका लागि आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन आग्रह गरेका थिए ।

उनीहरुले लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवारहरुको विजय निश्चित भएको भन्दै परिणाम घोषणा हुनमात्र बाँकी रहेको बताए । लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन बलियो देखिएको छ । लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या २ सय ९६ हो ।

प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउनेछन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष दधिराम आचार्यको अध्यक्षता, नेपाली कांग्रेस कपिलवस्तुका उपसभापति हुमकान्त खनाल, सचिव प्रेम बहादुर रायमाझि, नेकपा माओवादि केन्द्र कपिलवस्तुका अध्यक्ष विष्णु शाह, जनता समाजवादि पार्टिका लुम्बिनी प्रदेश मुख्य सचिव यज्ञ पोख्रेल, जसपा कपिलवस्तु जिल्ला अध्यक्ष सैलेन्द्र यादव, मायादेवि गाँउ पालिका अध्यक्ष बजरङ्गि प्रसाद कुर्मी लगायतको सहभागिता रहेको कार्यक्रमको नेकपा एकिकृत समाजवादिका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला ईन्र्चाज क्षेत्र बहादुर खत्रीले सञ्चालन गरेका थिए ।

80 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal