चीन सरकारले दिएको २० लाख सिरिन्ज आइपुग्यो
२०७८ माघ ९ गते, आईतवार

काठमाडौं । कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिन्ज उपलब्ध गराएको छ ।
शनिबार उक्त परिमाणको सिरिन्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको चिनियाँ दूतावासले जनाएको छ। हस्तान्तरित सिरिन्जले जारी खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याञ्छीले नेपाली मित्रहरूलाई सहयोग गर्न चीन सरकार सदैब तत्पर रहेको बताएकी छन्।
58 Views