भारतसँगको एकदिवसीय क्रिकेट श्रृङ्खलाको सिरिज दक्षिण अफ्रिकाले जित्यो

२०७८ माघ ८ गते, शनिबार

काठमाण्डौ । भारतसँगको एकदिवसीय क्रिकेट श्रृङ्खलाको सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले एक खेल अगावै जितेको छ ।

पर्लमा गएराति भएको दोस्रो एक दिवसीयमा भारतलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिकाले सिरिज २–० ले आफ्नो बनाएको हो । भारतले दिएको २ सय ८८ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

दक्षिण अफ्रिकाको जितमा जानेमान मालनले सर्वाधिक ९१ रन तथा क्विन्टन डी ककले ७८ रनको अर्धशतकीय पारी खेले । भारतका जस्प्रित बुम्राह, युजभेन्द्र चाहाल र शार्दुल ठाकुरले एकरएक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन जोडेको थियो ।

भारतका ऋषब पन्तले ८५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान केएल राहुलले ५५ रन बनाए । दक्षिण अफ्रिकाका ताब्रेज शास्मीले २ विकेट लिए । तेस्रो तथा अन्तिम एक दिवसीय आइतवार केप टाउनमा हुनेछ । भारतले दक्षिण अफ्रिकासँग तीन टेस्टको सिरिज २–१ ले गुमाएको थियो । यो सिरिजपछि विराट कोहलीले भारतीय टोलीबाट टेस्ट कप्तानको नेतृत्व छाडेका छन् ।

59 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal