टोङ्गामा ज्वालामुखीपछि बन्द इन्टरनेट पूर्णरुपमा सञ्चालन गर्न अझै केही हप्ता लाग्ने

२०७८ माघ ८ गते, शनिबार

काठमाण्डौ । टोङ्गामा अघिल्लो हप्ता भएको शक्तिशाली ज्वालामुखी विस्फोटनपछि इन्टरनेट बन्द भएको छ ।

सुनामीका कारण समुद्रमुनि रहेको तार बिग्रिएपछि सञ्चार सञ्जाल प्रभावित बनेको छ । यसलाई पूर्णरूपमा सञ्चालन गर्न केही हप्ता लाग्ने बीबीसीले जनाएको छ ।

केही टापुमा सञ्चार र विद्युत् सेवा पुनः सुरु भएको छ तर समुद्रमुनिको तारमा पुगेको क्षतिका कारण इन्टरनेट सेवा फेरि सञ्चालनमा आउन लामो समय लाग्ने देखिएको हो । टोङ्गाको अझै बाह्य विश्वसँग राम्ररी सम्पर्क हुन सकेको छैन । त्यहाँ पुगेको क्षतिबारे पनि पूर्ण रुपमा तथ्याङ्क आउन सकेको छैन ।

विस्फोटनपछि टोङ्गाको मुख्य टापु खरानीले ढाकिएको थियो र पश्चिमी तटीय क्षेत्र नराम्ररी प्रभावित भएको थियो । टोङ्गाको मुख्य विमानस्थलको धावनमार्ग ढाकेको खरानी सफा गर्ने काम गएको बुधवार नै सकिएको छ ।

57 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal