अनेरास्ववियुद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मसाल जुलुस

काठमाडौँ । नेकपा एमाले निकट अनेरास्ववियुका कार्यकर्ताहरूले पेट्रेलियम पदार्थको मूल्य वृद्धि विरुद्ध मसाल जुलुस प्रदर्शन गरेका छन् ।
शुक्रबार साँझ राजधानीको प्रदर्शनी मार्गमा सो संगठनको आरआर कमिटीको आयोजनमा मूल्य वृद्धि विरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको हो । प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडिबाट निकालिएको मसाल जुलुस प्रदर्शनका क्रममा अखिलका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी समेत परेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले केही दिन अघि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । कोरोनाको करहका समयमा मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने कार्य भएको भन्दै अनेरास्ववियुले देशका विभिन्न ठाउँहरुमा विरोध प्रदर्शन गरिरहेको छ । मुल्यवृद्धि फिर्ता नलिएमा अनेरास्ववियुलगायतका विद्यार्थी संगठनहरुले देशभर चर्को आन्दोलन गरी सरकारलाई घुँडा टेकाउने चेतावनी समेत दिइसकेका छन् ।