आपराधिक धन्दामा नेकपा एसका नेता, प्रहरीले रंगेहात समातेपछि खुल्यो पोल

२०७८ माघ ७ गते, शुक्रबार

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका सिन्धुपाल्चोक– काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष नरबहादुर श्रेष्ठ पक्राउ परेका छन । लामो समयदेखि नक्कली मह बनाउने काममा लागेको तथ्य प्रमाणित भएपछि महानगरीय अपराध महाशाखाले नेकपा एसका नेता श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उपभोक्तालाई गुणस्तरहीन नक्कली मह बेच्दै गरेका श्रेष्ठलाई महानगरीय प्रहरी काठमाडौंले नक्कली मह र त्यो बनाउने कच्चा पदार्थ सहित पक्राउ गरेको छ । प्रहरीले माधव नेपालको आडमा नक्कली मह बनाउने श्रेष्ठलाई पक्राउ गर्न बिशेष टीम नै बनाएर अपरेशन हनीको संज्ञा दिएको थियो । काठमाडौं उपत्यकाको बिभिन्न स्थानहरुमा गुणस्तरहीन महको उत्पादन एवं बिक्री बितरण भई रहेको छ भन्ने गोप्य सूचना आएपछि अपराध महाशाखाले माघ ६ गते बिहीवार कामनपा–२७ ज्याठास्थित श्रेष्ठको नतिजा प्याकेजिङमा छापा मारेको थियो ।

सो क्रममा प्रहरीले प्रमाणसहित सञ्चालक नेकपा एकका नेता नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार मिसावट गरी गुणस्तरहीन मह बनाई रहेको अवस्थामा मह बनाउनको लागि प्रयोग गरिने बिभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरु र गुणस्तरहीन ७६०० केजी तयारी तथा कच्चा मह समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धान पश्चात श्रेष्ठले लामो समयदेखि अबैध धन्दा चलाएको निश्कर्षसहित थप अनुसन्धान कारवाहीको लागि आज महानगरीय प्रहरी परिसर काठमाडौंलाई बुझाएको महाशाखाले जनाएको छ ।

62 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal