प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बने: उपाध्यक्ष पोखरेल

काठमाडौँ । एमाले उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाएका छन ।
उपाध्यक्ष पोखरेलले सामाजिक सञ्जालमार्फत बहालवाला मन्त्रीले गौर नरसंहार दोहोर्याउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उनलाई केही गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् ।
उनले लेखेका छन्, ‘गठबन्धनकी एउटी नेतृ र बहालवाला मन्त्रीले विगतमा (आफूहरूद्वारा) घटित गौर नरसंहार दोहोर्याउने उद्दण्ड हुंकार गरिन् । विगत गौर नरसंहारमा पीडित हूँ भन्ने र अहिलेको गठबन्धनका प्रमुख सूत्राधार हूँ भन्ने केही बोल्छन्-बोल्दैनन्, गर्छन् गर्दैनन् रु प्रम देउवा गठबन्धनको बन्दी बनेकै हुन् रु
२०६३ चैतमा रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले राइस मिलमा एकैपटक कार्यक्रम गर्दा भएको झडपमा २८ जना मारिएका थिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले बुधबार रौतहटमा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई फेरि गौर नरसंहार दोहोर्याउने र त्यसमा राउत मारिने अभिव्यक्ति दिएकी थिइन् ।