सत्ता गठबन्धनले फेरि राजनीतिक अस्थिरता ल्याउँदैछन्: शंकर पोखरेल

२०७८ माघ ६ गते, बिहीबार

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ पाँच दलीय गठबन्धनलाई अस्थिरताका कारकको संज्ञा दिएका छन् ।
आगामी वैशाखमा गर्ने भनिएको स्थानीय तह निर्वाचनलाई ६ महिना धकेलेर पहिले संघीय र प्रदेशसभा निर्वाचन तयारीमा गठबन्धन लागेपछि पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले स्थानीय तहलाई फेरि पनि जनप्रतिनिधिविहीन बनाएर सत्तारुढ दलहरुले देशमा अस्थिरता पैदा गर्न खोजेको आरोप पनि लगाएका छन् ।
“संविधानमा तीन–तीन महिना गरेर ६ महिना संकटकाल लगाउन सकिने व्यवस्था समेतलाई ध्यानमा राखेर ६ महिनाभित्र चुनाव गर्नैपर्ने संविधानको व्यवस्थालाई अपव्याख्या गर्दै बिनाकुनै कारण ६ महिना स्थानीय तह जनप्रतिनिधिविहीन बनाएर त्यसको दुरुपयोग गर्नखोज्ने परमादेशी सत्ता गठबन्धनविरुद्धमा चु बोल्न नसक्नेहरु आफैँमा अस्थिरताको सर्जक हुन्,” पोखरेलले सामाजिक सञ्जालमा खेलेका छन् ।

70 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal