बुद्ध एअरको जहाज आकाशमा होल्ड हुँदा आत्तिएर एक यात्रु बेहोस: उपचारपछि अवस्था सामान्य

२०७८ माघ ६ गते, बिहीबार

काठमाण्डौ । काठमाण्डौबाट नेपालगञ्जका लागी उडेको बुद्ध एअरको जहाज आकाशमा होल्ड हुँदा एक यात्रु बेहोस भएका छन् । मौसम खराब हुँदा बिहान झण्डै आधा घण्टा जहाज नेपालगञ्जको आकाशमा होल्ड भएको थियो ।

काठमाण्डौ महानगरपालिका वडा नम्वर–२३ की ५३ वर्षीया जानुका थापा आत्तिएर बहोस भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आत्तिएर बेहोस हुनुभएकी उहाँलाई तत्काल नेपाली सेनाको अस्पतालमा लगिएको थियो । अहिले थापाको आवस्था सामान्य छ ।

बिहान काठमाण्डौबाट ८ बजे उडान भरेको बुद्ध एअरको जहाज ८ बजेर ५५ मिनेटसम्म अवतरण गर्नुपर्नेमा भिजिबिलिटी कम हुँदा ९ बजेर २५ मिनेटमा अवतरण भएको थियो । मौसमको खराबीका कारण जहाजलाई आकाशमा होल्ड गराउनु सामान्य भए पनि यात्रु आत्तिएको बुद्ध एअर नेपालगञ्जले जनाएको छ ।

61 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal