बुटवलमा ढिस्को खसेर पुरिँदा २ जनाको मृत्यु ३ जना घाइते

२०७८ माघ ६ गते, बिहीबार

बुटवल । बुटवलको देबीनगर स्थित तिनाउ किनारमा ढिस्कोले पुरिँदा २ जनाको ज्यान गएको छ । बुटवल वडा नं.११ प्रगतिनगर स्थित तिनाउ नदि किनारमा आगो तापेर बसिरहेको अवस्थामा एक्कासी ढिस्को खस्दा २ जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएका छन्र । उनीहरु पुरिएर घाईते भएको र स्थानीयले उद्बार गरेर अस्पताल पुर्याएपछि २ जना मृत्यु घोषाणा गरिएको हो ।

पुरिएर मृत्यु हुनेमा स्थानीय गणोश थापा र शिव थापा रहेका छन् । घटनामा परि घाइते हुनेमा केशव पुरी, अशोक गाहा र अन्य १ जना रहेको प्रहरीले जनाएको छ । ढिस्कोले पुरिएकाहरुलाई घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

अत्याधिक जाढो भएपछि स्थानीय प्रगतिनगरका स्थानीय तिनाउ किनारको कुना च्याप्दै आगो तापेर बसिरहेको अवस्थामा ढिस्को उनीहरुमाथि खसेको थियो ।

74 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal