जनताको ढाड सेक्नेगरी गठबन्धन सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

२०७८ माघ ६ गते, बिहीबार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमकाअनुसार पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको छ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्ये ५ रुपैयाँले बढेर १०६ र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलोलिटर १०० डलरले बढेर ९९५ पुगेको छ ।

विश्व बजारमा इन्धनको मूल्य आकाशिएको छ । यसले नयाँ किर्तिमान बनाउँदै प्रति ब्यारल ८८ डलर कटेको छ । आज बोनी लाइटले प्रतिब्यारल ८८.२४ डलर मूल्य राखेको छ । ओपेक बास्केटको प्रति ब्यारल ८६.५४ डलर छ । ब्रेन्ट क्रुडको प्रति ब्यारल ८७.९९ हुँदा डब्लुटीआई क्रुडको ८६ डलर रहेको छ । एक ब्यारलमा लगभग १५९ लिटर हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि हुनुमा रुसले युक्रेनमाथि हमला गर्ने खतराले पनि हो । रुस तेल उत्पादक देश हो । तेल उत्पादक देश संयुक्त अरब इमिरेट्समा यमनका हुथी विद्रोहीले ड्रोन हमलाका कारण पनि तेलको मूल्य वृद्धि भएको हो ।

78 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal