चुनावले बढी लाभ कांग्रेसलाई हुन्छ तर संविधान मिचेर अघि नबढ्न: महामन्त्री थापा

२०७८ माघ ६ गते, बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस क्षणिक लाभका लागि संविधान मिचेर अघि नबढ्न बताएका छन् ।

वैशाखमा संसदीय चुनाव गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमा टिप्पणी गर्दै थापाले चुनावले कांग्रेसलाई सबैभन्दा बढी लाभ हुने भए पनि संविधान मिचेर अघि बढ्ने कुुुरा स्वीकार्य नहुने बताएका हुन् ।

उनले भने, “अब हुने चुनावबाट सबैभन्दा बढी लाभ लिने पार्टी नेपाली कांग्रेस नै हो तर, हामीले संविधान मिच्ने कुरा स्वीकार गर्न हुँदैन,” उनले संविधानको रक्षा गरेर लोकतन्त्र अघि बढाउनुपर्ने भन्दै अहिले स्थानीय तहकै निर्वाचन घोषणा गरेर अघि बढ्नुपर्ने बताए ।

49 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal