सत्तारुढ गठबन्धनको बैठक आज बस्दै

२०७८ माघ ६ गते, बिहीबार

काठमाडौँ । स्थानीय तहको निर्वाचनको मिति तयलगायतका बिषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ ।​

आगामी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगले सरकारले माघ पहिलो साताभित्र स्थानीय तहको म्याद तोकिदिन आग्रह गरेपछि मंगलवार बसेको बैठकले कुनै निष्कर्ष दिन नसके पनि बिहीवार पुनः बैठक बस्न लागेको हो । त्यस्तै निर्वाचनको मिति एक र दुई दिन भित्र सार्वजनिक नगरे एमालेले आन्दोलन गर्ने चेतावनी दिएको छ

54 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal