बुटवलमा मोटरसाइकलको ठक्करबाट माइक्रो बसका सह-चालक गम्भीर घाइते

२०७८ माघ ५ गते, बुधबार

बुटवल । बुटवलको कालिकानगरमा मोटरसाइकलले माइक्रो बसको सह–चालकलाई ठक्कर दिएको छ । बुधबार बिहान बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु २ ख ७८ नम्बरको माइक्रो बसको सह–चालकलाई सोही दिशाबाट आएको लु ६७ प ५९८ नम्बरको बुलेट बाइकले ठक्कर दिएको हो ।

कालिकानगरमा माइक्रो बस रोकेर यात्रुलाई बोलाउन बाटो क्रस गर्ने क्रममा तीब्र गतिमा आएको मोटरसाइकलले सह–चालकलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट माइक्रो बसका सहचालक काठमाडौँ स्थायी ठेगाना भएका ३० वर्षीय सन्तोष भुजेल गम्भीर घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रवक्ता मोहन बहादुर खाँणले ग्लोबल आवाजलाई जानकारी दिए ।

यस्तै ठक्कर दिने मोटरसाइकलका चालक बुटवल उपमहानगरपालिका–४ का अभिषेक पाण्डे सामान्य घाइते भएको प्रहरी प्रवक्ता खाँणले बताए । घाइते दुबै जनाको बुटवल कालिकानगर स्थित चौराहा हस्पिटलमा उपचार भइरहेको छ ।

64 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal