कोरोनाविरुद्धको खोप बेचेको वा किनेर लगाएको पाइए कारबाही हुने

२०७८ माघ ५ गते, बुधबार

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप बेचेको वा किनेर लगाएको पाइए कारवाही हुने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप निःशुल्क लगाइरहेको जनाउँदै बेचेको वा किनेर लगाएको पाइए कारबाही हुने चेतावनी दिएको हो।

‘कोभिड-१९ विरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेको छ‚’ मन्त्रालयले भनेको छ‚ ‘अवैध रुपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुन बमोजिम कडा कारबाही हुनेछ।’

कोरोनाविरुद्धको खोप बेचबिखन भएको थाहा पाए स्थानीय प्रशासन‚ प्रहरी‚ स्थानीय तह वा स्वास्थ्य कार्यालयमा जानकारी गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ। यस्तै‚ बजारमा लुकिछिपी बेच्न राखिएका खोप नक्कली हुने सक्ने भन्दै मन्त्रालयले सचेत गराएको छ।
‘गायब २५ लाख डोज खोप कर्पोरेट हाउसमा खानतलासी गरे भेटिन्छ’
मंगलबार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्रालयका सचिव डा.रोशन पोखरेलले २० देखि २५ लाख डोज खोपको कहीं कतै रेकर्ड नै नभेटिएको बताएका थिए।

60 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal