कपिलवस्तु सुनचाँदी संघ उपशाखाको दोस्रो अधिवेशन सप्पन्न: अध्यक्षमा बराल सर्वसहमत
कपिलवस्तु । कपिलवस्तु सुनचादी संघ उपशाखाको दोश्रो अधिवेशन समपन्न भएको छ । कपिलवस्तु सुनचाँदी संघका निर्वतमान अध्यक्ष तथा सुनचाँदी संघका केन्द्रिय सदस्य देवि वर्माको प्रमुख आतिथ्यतामा जिल्ला शिबराज नगरपालिका ४ खरेन्द्रपुरमा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट सन्तोष बरालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन । सबिन सुनचाँदी पसल इमिलियाका प्रोप्राइटर समेत रहनु भएका बराल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
निव निर्चाचित बरालले व्यावसायिक कामहरु सङै सामाजिक कार्यहरूमा कपिलवस्तु सुनचाँदी संघ अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस्तै अधिवेशनबाट उपाध्यक्षमा बिजय बर्मा, सचिबमा सोमा सुनार, सह(सचिबमा सुरज गहतराज, कोषाध्यक्षमा काशिराम सुनार, सह(कोषाध्यक्षमा राजकुमार गहतराज सहित १५ कार्यसमिति निर्वाचित भएको छ ।