मन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि
२०७८ माघ ३ गते, सोमबार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनको सचिवालयका अनुसार मन्त्री आलेलाई कोरोना संक्रमण भएको हो । त्यस्तै मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । मन्त्री आलेको सचिवालयले केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
77 Views