रियल मड्रिडलाई सुपर कपको उपाधि, बिल्बाओ २–० गोल अन्तरले पराजित

२०७८ माघ ३ गते, सोमबार

काठमाण्डौ । रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

गएराति भएको फाइनल खेलमा एट्लेटिको बिल्बाओलाई २–० गोल अन्तरले पराजित गर्दै रियल मड्रिडले उपाधि जितेको हो । साउदी अरेबियामा भएको खेलमा रियल मड्रिडलाई जिताउन लुका मोड्रिक र करिम बेन्जिमाले एक/एक गोल गरे ।

खेलको ८७औँ मिनेटमा एडर मिलिताओले रातो कार्ड पाएपछि रियल मड्रिड अन्तिमको केही समय १० खेलाडीमा सीमित भएको थियो । सिजनको पहिलो उपाधि जितेको रियल समग्रमा १२औँ पटक सुपर कप च्याम्पियन बनेको छ ।

79 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal