नेपालि भुमिमा भारतले पूर्वाधार निर्माणमा तिव्रता दिँदा सरकार किन मौन ?

२०७८ माघ २ गते, आईतवार

विशाल बाबु चौलागाइँ, मोरङ । दार्चुला जिल्लाको लिपुलेक क्षेत्रमा सडक लगायत पूर्वाधार क्षेत्रमा निर्माण कार्यमा भारतले तिव्रता दिएको छ । विगतमा नेकपा (एमाले) को सरकार हुँदा परराष्ट्र मन्त्रालय मार्फत औपचारिक रुपमा विरोध प्रकट गर्दै निर्माण कार्य रोक्न कुटनीतिक पहल गरिएको थियो ।

मातृभूमीको रक्षाको लागि अडिग भएर सरकार अघि बढ्दा देशी-विदेशी प्रतिकृयावादीहरु मिलेर नेकपा (एमाले) को सरकार परमादेश मार्फत ढालेर वर्तमान सरकार गठन भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा सडक निर्माणमा तिव्रता दिने बयान दिदा पनि वर्तमान सरकार मौन रहेको छ ।

मौन मात्र हैन सरकार कै एकजना मन्त्रीले मातृभूमीमै गएर परराष्ट्र मन्त्रालयले कुटनितिक नोट पठाएको भनि सफेद झुट बोलेका छन् । जबकी आजको मिति सम्म परराष्ट्र मन्त्रालयले कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन । आज मात्रै भारतीय राजदुतावास द्वारा जारी विज्ञप्तिमा यस सम्बन्धमा भारत सरकारको धारणा नेपाल सरकारलाई जानकारी गराईसकेको जनाईएको छ । यस सम्बन्धमा भारतीय सरकारले जानकारी गराएको कुरा के हो रु र नेपाल सरकारको त्यस सम्बन्धमा धारणा र पहल के हो अविलम्ब नेपाली जनताहरुलाई जानकारी गराउन सरकार समक्ष जोडदार माग गर्दछु ।

विशाल बाबु चौलागाइँ एमाले अनेरास्ववियुका मोरङ जिल्ला कमिटी सदस्य हुन् ।

346 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal