नेपालद्वारा अफगानिस्तानलाई मानवीय सहायता सामग्री सहयोग हस्तान्तरण

काठमाडौं । नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई काबुल पुगेर सहायता सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
नेपाली टोली सहयोग लिएर आइतबार काबुल प्रस्थान गरेको थियो। नेपाली डेलिगेसन टोली हिमालयन एअरलाइन्सको फ्लाइट नं एच ए.५९३१ बाट आइतबार बिहान काबुल प्रस्थान गरेको थियो। नौ हजार ७ सय १५ किलो खाना, लत्ताकपडासहितको राहत सामग्री लिएर नेपाली टोली अफगानिस्तानतर्फ गएको हो।
परराष्ट्रमन्त्री नारायण खड्काले त्रिभुवन विमानस्थलमा लम्सालसहितको नेपाली टोलीलाई बिदाइ गरेका थिए। लम्सालको नेतृत्वमा १५ जनाको डेलिगेसन टिममा १७ जना र ९ जना क्रुसहित २६ जनाको टोली छ। टोली आजै स्वदेश फर्किनेछ।
