आफै नियम बनाउदै आफै नियम तोड्दै बुद्धभुमिका नगर प्रबक्ता थारु

२०७८ माघ २ गते, आईतवार

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं ४ का नेपाली कांग्रेस बाट निर्वाचित वडा अध्यक्ष तथा बुद्धभुमी नगरपालिका का नगर प्रबक्ता पवन कुमार थारु माघ १ गते नगरपालिकाको वडा नं ४ मा माघी मेलामा उपस्थित भए । गृह मन्त्रालयले २५ जना भन्दा बढी भेला नगर्नु भन्ने निर्देशन दिदा दिदै पनि निर्वाचित जनप्रतिनिधि सयौँको संख्यामा उपस्थितिमा भैरहेको मेलामा सहभागी भए ।

यसो त नगर प्रबक्ता पवन कुमार थारुले बुद्धभुमी नगरवासीलाई कोभिड १९ बाट सुरक्षित रहन आग्रह गर्दै मेला महोत्सव तथा भेलामा उपस्थिति नजनाउन आग्रह गरेका थिए । जिल्ला प्रशासनले मेला महोत्सव स्थगित गर्न र आयोजना नगर्न निर्देशन दिएपनी निर्वाचित जनप्रतिनिधि भने प्रशासनको निर्देशनलाई चुनौती दिदै मेला महोत्सवमा उपस्तिथित छन ।

पौष २८ गते नगरवासीलाई सुरक्षित रहन आग्रह गर्दै प्रबक्ता थारुले कोभिड नियन्त्रणमा नगरपालिका खटेर लागिरहेको बताएका थिए तर आफैले गरेको अपिल आफुले लागू नगरी तीन दिन पश्चचात बुद्धभुमी ४ मोर्मामा आयोजना भएको खिचडी महोत्सवमा सहभागी भएका थिए ।

May be an image of text

आफै नियम बनाउने तर आफुमा लागू नगर्ने बुद्धभुमी ४ का वडा अध्यक्ष प्रमुख अतिथिको रुपमा माघि खिचडि महोत्सवमा सहभागि हुनु आफैमा लज्जास्पद छ । बुद्धभुमी ४ मोर्मामा आयोजना भएको माघी महोत्सव स्थगित गर्न सुझाव दिने भन्दा पनि नगर प्रबक्ता तथा बुद्धभुमी ४ का वडा अध्यक्ष पवन कुमार थारु आफै अतिथिको रुपमा उपस्थित भइ खिचडी महोत्सव समपन्न गराएका छन ।

यस्तो छ जिल्ला प्रशासनको निर्देशन:

No photo description available.
No photo description available.

“हम्मन संस्कृति हम्मन के शान,भूमिपुत्र थारु हमरे बचाई अपन पहिचान” भन्ने मुल नाराका साथ कपिलवस्तुको बुद्धभुमि नगरपालिका ४ मा तिसरा माघि खिचडी महोत्सव सप्पन्न भयको हो । वडा नं ४ को सहयोगमा भएको वडा स्तरीय महोत्सवको आयोजक कमीटीले थारु समुदायको सँस्कृतिको संरक्षण गर्नु मुल उद्देश्य बताएको छ । सोही अनुरुप महोत्सवमा थारुसँगै विभिन्न जातजातिको परम्परागत भेषभुषा हितको सांस्कृतिक कार्यक्रमलाई जोड दिइएको सांस्कृतिक समितिका संयोजक नन्दाराम थारु ले जानकारी दिए ।

थारुहरुको नयाँ वर्ष २६४६ का अवसरमा कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा नम्बर ४ ले यो तेस्रो पटक वडा स्तरीय तिसरा माघी खिचडी महोत्सव २०७८ कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम महोत्सव संचालन समिकिा संयोजकका अध्यक्षता ४ नम्बर वडाअध्यक्ष पवन कुमार थारुको प्रमुख आतिथ्यमा वडामा भएका सक्रिय राजनितिक दल, किर्डाक नेपाल, तथा अन्य स्थानियहरुको बुद्धभुमि ४ मोर्मामा सहभागितामा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

थारुहरु विभिन्न परिकार तथा भेषभुषा सहितका विभिन्न साँस्कृतिक झाँकीहरु सहितमा संचालन भएको कार्यक्रममा २ दिन संचालन गर्ने भनिए पनि कारोनाको प्रभावका कारण १ दिन मात्रै संचालन भएको सहआयोजकका रुपमा भुमिका निर्वाह गर्ने सुर्य स्वाबलम्बन समुहका सदस्य विष्णु थारुले जानकारी दिएका छन ।

थारुहरुको पहिचान, संस्कृति, भेषभुषा तथा खानपानलाई जोगाई राख्नका लागि नयाँ पुस्तालाई अनुरोध गर्दै तस्रो पटक संचालन गरेको निरन्तर रुपमा पनि संचालन गर्ने र थारुहरुको बाहुल्यता भएको यो ४ नम्बर वडामा थारुहरु एकजुट भएर अगाडी बढ्ने वडाध्यक्ष तथा कार्यक्रममा का सहभागीले बताएका छन ।

भिडियो:

791 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal