भूकम्पीय क्षति कम गराउन र सुरक्षित भवन निर्माणमा स्थानीय सरकारको भूमिका उत्तिकै महत्वपूर्ण: मन्त्री खाण

२०७८ माघ २ गते, आईतवार

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पीय क्षति कम गराउन र सुरक्षित भवन निर्माणमा स्थानीय सरकारको भूमिका उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् ।

आज भूकम्पमा परेर ज्यान गुमाउनेहरुको स्मृतिमा काठमाडौँको भूगोलपार्कमा आयोजित स्मृति सभामा बोल्दै गृहमन्त्री खाँणले भूकम्पीय क्षति कम गराउन र सुरक्षित भवन निर्माणमा स्थानीय सरकारको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए । १९९० माघ २ र त्यसपछिको भुकम्पमा परेर दिवंगतहरुको स्मृतिमा काठमाडौं महानगरपालिकाले स्मृति सभाको आयोजना गरेको थियो । विपद क्षति व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकार आफैँमा सशक्त र आन्तरिक समन्वय बलियो बनाउँदै लैजानुपर्ने गृहमन्त्रीले बताए । उनले भने– ‘नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिन्छ । प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दक्खल दिइरहेका छन् । त्यसैले कहिलेकाहीँ अप्रत्यासित जोखिम व्यहोर्नुपरेको छ ।’

क्रममा महानगरमा कार्यरत फायर हवल्दार बद्रीप्रसाद अधिकारी, नगर प्रहरी हवल्दार विश्वेश्वर पण्डित, सशस्त्र प्रहरी सहायक हवल्दार उत्तमहरि श्रेष्ठलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । विनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

63 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal