मन्त्री आलेद्वारा बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण

२०७८ माघ २ गते, आईतवार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गरेका छन् ।

आज बिहान ११ बजे मन्त्री आले धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना भएपछि त्यहाँ पुगेर निरीक्षण गरेका हुन् ।

आफैं धर्मशाला पुगेका उनले सत्यतथ्य बुझेपछि आवश्यक निर्णय लिइने बताए । बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएको छ । पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर पाशुपत क्षेत्र (तिलगंगा)मा धर्मशाला बनाइएको छ ।

82 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal