“हम्मन संस्कृति हम्मन के शान,भूमिपुत्र थारु हमरे बचाई अपन पहिचान” भन्ने मुल नाराका साथ तिसरा माघी खिचडी महोत्सव सम्पन्न

२०७८ माघ २ गते, आईतवार

कपिलवस्तु । “हम्मन संस्कृति हम्मन के शान,भूमिपुत्र थारु हमरे बचाई अपन पहिचान” भन्ने मुल नाराका साथ कपिलवस्तुको बुद्धभुमि नगरपालिका ४ नम्बर वडा कार्यालय“हम्मन संस्कृति हम्मन के शान,भूमिपुत्र थारु हमरे बचाई अपन पहिचान” भन्ने मुल नाराका साथ तिसरा माघि खिचडी महोत्सव सप्पन्न भयको छ ।

वडा नं ४ को सहयोगमा भएको वडा स्तरीय महोत्सवको आयोजक कमीटीले थारु समुदायको सँस्कृतिको संरक्षण गर्नु मुल उद्देश्य बताएको छ । सोही अनुरुप महोत्सवमा थारुसँगै विभिन्न जातजातिको परम्परागत भेषभुषा हितको सांस्कृतिक कार्यक्रमलाई जोड दिइएको सांस्कृतिक समितिका संयोजक नन्दाराम थारु ले जानकारी दिए ।

थारुहरुको नयाँ वर्ष २६४६ का अवसरमा कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा नम्बर ४ ले यो तेस्रो पटक वडा स्तरीय तिसरा माघी खिचडी महोत्सव २०७८ कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम महोत्सव संचालन समिकिा संयोजकका अध्यक्षता ४ नम्बर वडाअध्यक्ष पवन कुमार थारुको प्रमुख आतिथ्यमा वडामा भएका सक्रिय राजनितिक दल, किर्डाक नेपाल, तथा अन्य स्थानियहरुको बुद्धभुमि ४ मोर्मामा सहभागितामा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

थारुहरु विभिन्न परिकार तथा भेषभुषा सहितका विभिन्न साँस्कृतिक झाँकीहरु सहितमा संचालन भएको कार्यक्रममा २ दिन संचालन गर्ने भनिए पनि कारोनाको प्रभावका कारण १ दिन मात्रै संचालन भएको सहआयोजकका रुपमा भुमिका निर्वाह गर्ने सुर्य स्वाबलम्बन समुहका सदस्य विष्णु थारुले जानकारी दिएका छन ।

थारुहरुको पहिचान,संस्कृति,भेषभुषा तथा खानपानलाई जोगाई राख्नका लागि नयाँ पुस्तालाई अनुरोध गर्दै तस्रो पटक संचालन गरेको निरन्तर रुपमा पनि संचालन गर्ने र थारुहरुको बाहुल्यता भएको यो ४ नम्बर वडामा थारुहरु एकजुट भएर अगाडी बढ्ने वडाध्यक्ष तथा कार्यक्रममा का सहभागीले बताएका छन ।

109 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal