कलङ्कीमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

२०७८ माघ २ गते, आईतवार

काठमाण्डौ । काठमाण्डौको कलङ्कीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

हिजो बेलुका सात बजे बा ख ६–१४५९ नम्बरको बसले प्रदेश नम्बर २ ०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक २१ वर्षका सङ्गीत बुढामगरको ज्यान गएको हो।

बुढामगरको सहिद मेमोरियल अस्पताल कलङ्कीमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

67 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal