मासु व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा घिमिरे निर्विरोध निर्वाचित

२०७८ पुष ३० गते, शुक्रबार

बुटवल । मासु व्यवसायी संघ रुपन्देहीको ११ औं बार्षिक साधारण सभा तथा छैठौ अधिबेशनबाट अध्यक्षमा चुरामणी घिमिरे निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा मोहन खत्री, उपाध्यक्षमा मसउद आलम, महासचिवमा विशाल थापा, कोषाध्यक्षमा गोपाल क्षेत्री र सहकोषाध्यक्षमा क्रृषिराम राई भाट निर्वाचित भएको प्रमुख निर्वाचिन अधिकृत यमलाल खनालले बताए ।


त्यस्तै सदस्यहरुमा बालप्रसाद श्रेष्ठ, हरि बहादुर कुँवर, अहमद हुसेन, प्रेम राना, रोशन बहादुर खत्री, सुनिता थापा क्षेत्री, विमा थापा, देउती प्रसाद सापकोटा, थानेश्वर पाण्डे, ओम बहादुर थापा, थानेश्वर सुवेदी र तइयव हुसेन निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यलाई प्रमुख निर्वाचन अधिकृत यमलाल खनालले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

96 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal