ललित कला प्रज्ञा प्रतिष्ठानलाई आवश्यक पर्ने बजेट व्यवस्था गर्ने मन्त्री आलेको प्रतिबद्धता

२०७८ पुष २९ गते, बिहीबार

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानलाई आवश्यक पर्ने बजेट व्यवस्था गर्ने बताउनुभएको छ ।

प्रतिष्ठानले आज बिहीवार आयोजना गरेको चित्रकला प्रदर्शनी कार्यक्रममा बोल्नुहुँदै मन्त्री आलेले कला, संस्कृतिको जगेर्ना र कलाकारिताको विकास गर्नका लागि भए पनि प्रतिष्ठानलाई आवश्यक पर्ने बटेज व्यवस्था गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देश चिनाउने भनेकै कलाकारिताले हो । कला, संस्कृतिको जगेर्ना गर्न र विकास गर्न चाहिने जति बजेट व्यवस्था गर्छु ।’

मन्त्री आलेले कला देशको गहना भएको र कलाकारहरूको हौसला बढाउन आफू सधैँ अग्रसर र प्रतिबद्ध रहने समेत बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले बजेट अभावमा नेपालका कलाकारले आफ्नो प्रतिभा देखाउन नसकेको गुनासो गर्नुभयो ।

प्रतिष्ठानले कलाकारहरूले हातले बनाएर प्रदर्शनमा राखेका चित्रहरूको मन्त्री आलेले अवलोकनसमेत गर्नुभएको थियो । चित्रहरू निकै राम्रा र उपयोगी भएको भन्दै मन्त्री आलेले चित्रकारहरूको प्रशंसासमेत गर्नुभएको थियो । दुई वटा चित्र उहाँले किनेर पनि लैजानुभएको थियो ।

कार्यक्रममा मन्त्री आलेलाई प्रतिष्ठानले आफ्नो वार्षिक बजेटका विषयमा जानकारीसहितको किताब हस्तान्तरण गरेको थियो ।

76 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal