रुपन्देहीको तिलोत्तमामा लागुऔषधसहित ३ जना पक्राउ

२०७८ पुष २८ गते, बुधबार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा लागुऔधषसहित ३ जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत महाराजगंज नौतुनुवा बस्ने २० वर्षीय सेहावाद आलम लगायत ३ जना रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय बुटबलबाट खटिएको प्रहरी टोलिले मंगलबार साँझ तिलोत्तमा नगरपालिका९७ भलवाडीबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ३ ग्राम ८ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ र नियन्त्रित लागूऔषध १२ चक्की स्पास्मो, ६ चक्की नाइट्रोभेट, नगद १८ हजार ९ सय रुपैयाँ र ६ थान मोबाइल सहित फेला पारेको थियो ।

67 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal