सीमा विवादबारे चीन र भारतका सैन्य अधिकारीबीच बैठक बस्दै

२०७८ पुष २८ गते, बुधबार

एजेन्सी । चीन र भारतबीच नयाँ चरणको सैन्य बैठक बस्ने भएको छ । सीमा विवाद समाधानका लागि दुबै देशका अधिकारीहरुबीच बुधबार साँझ १४औं चरणको सैन्य बैठक बस्ने भएको हो ।

सो बैठक चीनको मोल्दोमा बस्ने चीनको विदेश मन्त्रालयले जनाएको छ । दुवै देशको विवादित सीमा सम्बन्धमा सो बैठकमा छलफल गरिने ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

यसअघि सीमा सम्बन्धमा दुई देशका वरिष्ठ सैन्य अधिकारीस्तरीय बैठक तीन महिनाअघि बसेको थियो । सो बैठक एक अर्कालाई दोषारोपण गर्दै सकिएको थियो । त्यसबेला भारतले अनावश्यक र असान्दर्भिक माग राखेको चीनले आरोप लगाएको थियो भने सीमाको मुद्दामा भारतले चीनले क्षेत्राधिकार मिचेको आरोप लगाएको थियो ।

अघिल्लो चरणको बैठक असफल भएपनि १४औं चरणको बैठकले विवादित सीमाबारे समाधान निकाल्ने अपेक्षा चिनियाँ पक्षले राखेको छ ।

104 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal