बाणगंगामा सवारी दुर्घटनामा परि भलवाडका भुसालको मृत्युु

२०७८ पुष २८ गते, बुधबार

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा सवारि साधनको ठक्करबाट १ जनाको मृत्यु भएको छ । आवर विज्डम बोडिङ स्कुलको अगाडि गतराती सवारी साधनको ठक्करबाट भलवाड ९ का प्रज्वल भुसालको मृत्यु भएको हो ।

पिपरामा रहेको काठमाडौ भेली एण्डका संचालक समेत रहेका भुसाललाइ सवारी साधनले ठक्कर दिदा मृत्यु भएको हो ।

उनी होटेलबाट डेलिभरिका लागि खाजा नास्ता पुर्याउन जादा सो घटना घटेको हो । ठक्कर दिने सवारी साधन फरार रहेको छ । फरार सवारी साधनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

94 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal