ज्ञानेन्द्र शाहद्वारा राष्ट्रनिर्माता शाहको शालिकमा माल्यार्पण, लाग्यो गणतन्त्रविरोधी नारा
२०७८ पुष २७ गते, मंगलवार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । सिंहदरबारको पश्चिम गेटमा पुगेर पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रनिर्माता शाहको तस्वीरमा माल्यार्पण गर्नुभएको हो ।
ज्ञानेन्द्र त्यहाँ पुग्दा उहाँका समर्थकहरूले राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीरअंकित पोस्टर बोकेका थिए ।
उहाँका समर्थकले गणतन्त्रविरोध नारासमेत लगाएका थिए । उनीहरुले ‘गणतन्त्र मुर्दावाद’, ‘हाम्रो राजा, हाम्रो देश’, ‘यो व्यवस्था चाहिँदैन’ लगायतका नारा लगाएका थिए ।
पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा सोमबार विज्ञप्ति जारी गर्दै गणतान्त्रिक व्यवस्थाप्रति असन्तोष जनाउनुभएको थियो ।
106 Views